प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति १ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा  TRANQUILITY SPA   का बीचमा समझौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले  TRANQUILITY SPA  बाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा    Prabhu Capital’s Digital APP Download   गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक÷कनेक्ट गर्नुपर्छ । हितग्राहीले  CHECK OUT ⁄ BILL PAYMENT  गर्दा प्रभु क्यापिटलको Mobile app डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ ।    TRANQUILITY SPAको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नुहुनेछ ।

यो अफर हालसम्म ब्एए मयधलयिबम गर्नुभएका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ ।
नेपाली पूँजी बजारमा   video kyc मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।
एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।