श्री निर्मल भट्टराई गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त

यस गरिमा क्यापिटल लिमिटेडको २०७९ साल श्रावण २९ गते बसेको संचालक समितिको बाउन्न (५२) औं बैठकको निर्णयानुसार श्री निर्मल भट्टराई मिति २०७९ साल भाद्र ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer) पदमा नियुक्त हुनुभएको व्यहोरा सम्पूर्ण महानुभावहरु समक्ष सहर्ष जानकारी गराउँदछौँ ।
श्री निर्मल भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गर्नुभएको छ । उहाँ यसै संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आउनुभएकोमा हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer) जस्तो गरिमामय पदमा नियुक्त हुन सफल हुनुभएको छ । यस अघि उहाँले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आउनु भएको थियो ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा (Portfolio Management Services – PMS) तथा निक्षेप सदस्य Depository Participant डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध ९क्ष्ककगभ ःबलबनझभलत०, धितोपत्र प्रत्याभूति ९क्भअगचष्तष्भक ग्लमभचधचष्तष्लन०, शेयर रजिष्टे«शन ९क्जबचभ च्भनष्कतचबतष्यल०, संस्थागत परामर्श ९ऋयचउयचबतभ ब्मखष्कयचथ०, सामूहिक लगानी कोष , प्राइभेट इक्वीटी फण्ड भेन्चर क्यापिटल फण्ड , हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ ।
गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पु¥याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्नेछ ।

