माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित MBL M- Smart मा नयाँ सुविधा

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBL M-Smart मा SMART LOAN AGAINST FIXED Deposit सुविधाको सुरुवात गरेको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा SMART LOAN AGAINST FIXED Deposi सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।
बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा MBL M–Smart app सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।
यस self registration मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले self registration गर्न सकिने, मोवाईलफोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर कअबल गरी त्तच् भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् । बैंकले MBL M–Smart लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ ।

