माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

माछापुच्छ्रे बैंक लि.ले काठमाण्डौको सुकेधारा स्थित नवटोल सुधार समिति, नयांकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र का.म.न.पा. ४ को लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ । नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ«े बैंक सञ्चालक समितिका सदस्य श्री जय मुकुन्द खनाल ,हरि भक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डे ज्यूले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गर्नु भएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
माछापुच्छ«े बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेव प्रदान गर्दै आइरहेको छ ।

