काठमाण्डौं नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक वर्ग समेतलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भै कारोवार भैरहेका कम्पनीहरु मध्ये बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा तयार गरिने ल्क्ष् घज्ञ तयार गर्ने भएको छ । छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोवारको आधारमा तयार गरिने ल्क्ष्घज्ञ दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईड तथा सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
यस्तो सेवाबाट आम लगानीकर्ताहरुलाई उल्लेखित कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ ।
नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से ईन्डेक्स भारित औषत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ भने ल्क्ष्घज्ञ नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिकरुपमा कारोवार भैरहेका हरेक सेक्टरका कम्पनीहरुमध्यबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनि छनौट गरी अन्तिम मुल्यको आधारमा तयार हुने कम्पनीले जनाएको छ । यसरी ल्क्ष्घज्ञ ले लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, ल्भ्एक्भ् क्ष्लमभह को भारित पूँजीगत औषतका कमिकमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनिको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजी बजारको अध्ययन गर्न समेत ल्क्ष्घज्ञ ले सहयोग पु¥याउने विश्वास कम्पनि लिएकोछ । विस्तृत जानकारीका लागि https://nabilinvest.com.np/news/frequently-asked-questions-ni-31  मा क्लिक गरी वा फोन नम्बर ४४११६०४, ४४११७३३ (एक्टेन्सन नम्बर १५६, १६५ र १३१) सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
२०७९।०४।१२