प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर का बिच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी

आज मिति २०७९ साउन १० गतेका दिन प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख श्री भेष राज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अविसेक राजथलाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण९रगत, दिसा, पिसाब, खकार० सेवामा २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ । फार्मेसी, ऐस्थेटिक, इ.सी.जी, रेडियोलोजी ९यु.एस्.जी तथा ई.सी.ओ० सेवामा १० प्रतिशत छुट हुने भएको छ । यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गनर्,े समर्पण हेल्थ केयर सेन्टर देखि २ कि. मि.को दुरी भित्र रहनुहुने ग्राहक महानुभावहरुलाई होम डेलिभरीको व्यवस्था गरिएको छ ।
उतm सम्झौता अन्तर्गत समर्पण हेल्थ केयर सेन्टर मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
धन्यवाद !

