WORLD CONFEDERATION OF BUSINESS- WORLDCOB द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “ द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विघाहरु ९व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि०मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लि। सम्मानित भएको छ । सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा Business Excellence Certificate द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेललाई पनि Business Excellence CertificateÆ WORLDCOB ले सम्मानित गरेको हो । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने “ग्लोबल एसएमई अवार्ड २०२१” को क्ःभ् ँष्लबलअष्भच या त्जभ थ्भबच९ ब्कष्ब विधामा पनि बैंक सम्मानित भएको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ब्त्ः ऋबचम प्रयोग गरी नेपालभरी रहेको ख्क्ष्क्ब् ल्भतधयचप मा आवद्ध अन्य जुन सुकै बैंकको ब्त्ः ःबअजष्लभ बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।