लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा श्री विश्वराज रेग्मी, श्री मनोहर दास मुल, श्री अरुण राज श्रेष्ठ र श्री उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्बिरोध निर्वाचित हुनुभएको घोषणा निर्वाचन अधिकृतबाट गरियो ।
त्यसैगरी आजै सम्पन्न नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा श्री मनोहर दास मुललाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष श्री मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यूले बीमा समितिको कार्यालयमा आजै पद तथा गोपनियताको सपथ गराउनु भयो । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक श्री राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री एन.पि. प्रधान र कम्पनी सचिव श्री देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।