नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका आकर्षक योजना सार्बजनिक

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको थियो । अतः सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।
क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै
रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ ।
नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुतm हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।
थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट धधध।लष्दअिबउष्तब।िअयm तथा मुख्य कार्यलय (फोन नम्बरस्( ०१–४४२५२८०) मा सम्पर्क गर्न सकिने छ ।

