नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गतको रकम बैंक वित्तीय संस्थाको शाखा र कर्पोरेटपे मार्फत गर्न सकिने

(२० असार, २०७९)
काठमाडौं — नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेटपे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ । जस अन्तर्गत संघ–संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टल ९जततउस्ररभकभचखष्अभ।लपि।यचन।लउर ० मार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी गर्न सक्दछन् । यसरी रु २० लाख सम्मको रकम रियल टाइममा र सोभन्दा माथि रु २० करोड सम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ ।
बैंक वित्तीय संस्थाका संस्थागत ग्राहकहरुले आवश्यक विवरण उपलब्ध गराई बैंक वित्तीय संस्था मार्फत सो रकम जम्मा गर्न सक्दछन् । साथै संघ–संस्था आफैंले पनि कर्पोरेटपे मार्फत उक्त भुक्तानी खाताबाटै गर्न सक्दछन् । यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ । संस्थागत ग्राहकहरुले जततउकस्ररअयचउयचबतभउबथ।अयललभअतष्उक।अयm, मा लग–इन गरी क्भचखष्अभ एबथmभलत भित्र रहेको न्यखभचलmभलत एबथmभलत अन्तर्गत ऋक्ष्त् एजबतदबचष् मा सब्मिसन नम्बर तथा अफिस कोड दाखिला गरी कर्पोरेटपेमा लिन्क गरिएको आफ्नो खाताबाट भुक्तानी गर्न सक्दछन् ।
यसरी बैंक शाखा तथा कर्पोरेटपे मार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका ३ लाख भन्दा बढी ग्राहकहरुलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।
नागरिक लगानी कोषले एनसीएचएलका अयललभअतक्ष्एक् तथा सदस्य बैंक वित्तीय संस्थाका शाखा र मोबाईल बैंकिङ्ग लगायतका प्रणाली मार्फत कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानीको रकम संकलन गर्दै आएको छ भने उपदान कोष र लगानीकर्ता हिसाब योजना अन्तर्गत लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्ने गरी एनसीएचएलका विभिन्न प्रणालीहरुको प्रयोग गर्दै आएको छ ।

