सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) दोस्रो चरणद्वारा जुन २८, २०२२ मा एक सम्झौता हस्ताक्षर कार्यक्रममा, सहज च्यालेन्ज फन्ड राउण्ड का विजेताहरूको घोषणा गरियो। १८८ आवेदनहरू मध्ये पाँच नविनतम समाधान तथा सेवा प्रदायकहरू छनोट गरिएका थिए। कठिन स्क्रीनिंग मूल्याङ्कन प्रक्रिया पछि विजेताहरुको घोषणा गरिएको हो।

सहज च्यालेन्ज फण्ड राउण्ड ले प्रदेश मा कृषि उत्पादनहरुको व्यवस्थापन आपूर्ति श्रृंखला सम्बन्धि चुनौति तथा बाधाहरुलाई सम्बोधन​ गर्ने नवप्रवर्तनात्मक व्यवसायिक रुपमा व्यवहरिक सम्भाव्य भएका व्यवसायहरुलाई सहयोग गर्दछ। त्यसले कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण, आर्थिक मूल्य अभिवृद्धि, लगानी रोजगारीहरूमा योगदान पुर्याउने सहजले यी पाँच विजेताहरूलाई प्रस्तावित समाधानहरू प्रदेश मा कार्यान्वयन गर्न​ अनुदान प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

च्यालेन्ज फण्ड, NAMDP दोस्रो चरणको निजी क्षेत्रको श्रोतको सदुपयोगगर्दै डेयरी, तरकारी, अलैंची मकै क्षेत्रमा सेवाको प्रावधान नवप्रवर्तनमा पहुँच बढाउने संयन्त्र हो।

 

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) दोस्रो चरण नेपाल सरकार स्वीटजरल्याण्ड सरकारबीचको द्वीपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा सहज परियोजना स्वीस सरकार विकास सहयोग (एसडीसी) को परियोजना हो यसको कार्यान्वयन स्वीसकन्टयाक्ट (लीड एजेन्सीको रूपमा ) वातावरण तथा कृषि नीति, अनुसन्धान, प्रसार एवम विकास केन्द्र (सिप्रेड)ले संयुक्त रूपमा गर्दैछन सहजले प्रदेश मा कृषि व्यवसायका लागि सेवा नवप्रवर्तनमा पहुँच बढाउन वित्तीय एवम प्राविधिक सहयोग उपलब्ध गराउँछ। यसबाट साना किसानका उत्पादनको माग वृद्धि हुनेछ, तिनीहरूलाई मूल्य अभिवृद्धि आपूर्ति शृंखलामा आबद्ध गराउँछ उच्च रोजगार तथा आयबाट ग्रामीण समुदायको उत्थानशीलतालाई बढाउँछ।

 

सहज च्यालेन्ज फण्डले राउन्ड का लागि पनि आवेदन खुला गरेको एससीएफ राउन्ड ले प्रदेश को डेयरी उद्योगमा उत्पादन विविधीकरणको मुद्दालाई सम्बोधन गर्न नौलो डेयरी उत्पादनका विचारहरू खोजिरहेको छ।