कामना सेवा को KS iMobile मा अब Nepal pay QR उपलब्ध

कामना सेवा विकास बैंक लिमिटेड द्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch लाई आफ्नो मोबाईल बैंकिङ्ग (KS iMobile)मा एकीकृत गरिएको छ । बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट Nepal pay QR का ग्राहक हरुलाइ I mobile को Scanner बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग PK update गरेको छ ।
यससँगै कामना सेवा विकास बैंक, Nepal pay QR मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्य सँगै कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध QR pament प्रयोग गरी Nepal payQR ग्रहाक हरुलाई रकम भुक्तानी गर्न सक्नुहुनेछ ।

