(९ जेष्ठ, २०७८ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SBNL) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच connect IPS र national payments interface(NPI) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ । जस अन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तिय संस्थामा रेहेको खाताबाट connect IPS मार्फत् एससीबीएनएलमा रहेको खातामा अन्लाईन फण्ड ट्रान्स्फर गर्न सकिनेछ । एससीबीएनएल र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौता कार्यान्वयन भएको छ । एससीबीएनएल र एनसीएचएल बीच यस सहकार्यले ग्राहकहरूलाई अन्लाईन भुक्तानीमा थप सहयोग पु¥याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ ।

प्रारम्भिक चरणको कार्यान्वयनमा, कुनै पनि NCHL को सदस्य बैंक र वित्तीय संस्थाका ग्राहकहरूले (यसको वेब वा मोबाइल एप्स् वाNPI वा बैंक र वित्तीय संस्थाका मोबाइल एप्स्÷इन्टरनेट बैंकिङ्गबाट) स्ट्यान्डर्ड चार्टर्डमा रहेको कुनै पनि खातामा सिधै रकमान्तर गर्न सक्नेछन् । यसले एससीबीएनएलका ग्राहकहरूलाई connect IPS मार्फत सोझै आफ्नो खातामा रकम प्राप्त गर्न सक्नेछन् र बैंकले व्यावसायिक ग्राहकहरूलाई भुक्तानी संकलन गर्न यस प्रणालीमा आवद् गर्न सहज हुनेछ ।

दोस्रो चरणमा, NPI का सेवाहरूलाई एससीबीएनएलका S2B र मोबाइल बैंकिङ्ग लगायतका च्यानलहरूमा विस्तार गरिने छ, जस अन्तर्गत एससीबीएनएलका ग्राहकहरूले अन्य बैंक र वित्तीय संस्थाहरूलाई पनि रकमान्तरण गर्न सक्नेछन् । त्यसै गरी अन्तिम चरणमा, एससीबीएनएलले आफ्ना ग्राहकहरूलाई connect IPS मा आफ्नो बैंक खाता लिङ्क गराई भुक्तानीहरू सिधै connect IPS प्ल्याटफर्मबाट गर्न सक्ने सेवा पनि उपलब्ध गराउनेछ ।

connect IPS र एनसीएचएलले नेपालमा रियल टाईम भुक्तानी प्रणालीको एक प्ल्याटफर्मको रूपमा प्रदान गरेको छ, जुन हाल ५३ भन्दा बढी बैंक र वित्तीय संस्थाहरूले connect IPS को आफ्नो च्यानल (मोबाईल एप, connectips.com र पेमेन्ट गेटव) र बैंकका आफ्ना च्यानलहरूमा (मोबाइल÷ इन्टरनेट बैंकिङ्ग) फण्ड ट्रान्स्फर र अन्य सेवा भुक्तानीको लागि प्रयोग गर्दै आएका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड सन् १९८७ देखि निरन्तर नेपालमा संचालनमा रहेको छ । १५ वटा शाखा, मुलुकभर रहेका २६ वटा एटीएम तथा ५३१ जना भन्दा बढी स्थानीय कर्मचारीहरु रहेका यस बैंकले वृहत राष्ट्रव्यापी संजाल मार्फत् मुलुक भित्र तथा बाहिर आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसले आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्ग, इन्टर्नेट बैंकिङ्ग तथा S2B लगायतका विभिन्न सेवाहरु उपलध गराउँदै आएको छ ।

थप जानकारीका लागि www.nchl.com.npवा  www.connectips.com लगन गर्न सक्नु हुनेछ।