नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न , ३८ प्रतिशत बोनस दिने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७६÷७७ को आफ्नो नवाै वार्षिक साधारण सभा मिति ५ जेष्ठ २०७८ (१९ मे २०२१)मा zoom प्ल्याटफर्म मार्फत अन्लाईन सम्पन्न गरेको छ । हाल विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को परिस्थितीलाई ध्यानमा राखी उक्त साधारण सभा अन्लाईन मार्फत गरिएको हो ।
बैठकले कम्पनीको चुक्तापूँजी रु. २९.८ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु. ४१.१करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।
आ.व. २०७६÷७७मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धी भएता पनि कम्पनीको खुदनाफा २२.२५ ले घटेको छ । त्यसै गरी कम्पनीले कुलपुँजी तथा जगेडा कोषको अनुपातमा २९% बराबरको नाफा प्राप्तगरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८% ले कमरहेको छ । कम्पनीको खुदनाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालनगर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत्र ११ देखि २०७७असार मसान्त सम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाहगरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका छन् ।
बैठकले कम्पनीको संञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्नु हुने तीन नयाँ संञ्चालकहरुको निर्विरोध चयन पनिगरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्नु हुने संञ्चालकहरुको कार्यकाल समाप्त भए सँगै ती पदमा हिमालयन बैंक लि.का जेनेरल म्यानेजर श्री उज्ज्वल राजभण्डारीज्यू, ग्लोबल आईएमई बैंक लि. का वरिष्ठ उप–प्रमुखकार्यकारी अधिकृत श्री महेश शर्मा ढकालज्यू तथा सिद्धार्थ बैंक लि.का आइ.टि. प्रमुखश्री सृजन मल्ल ज्यू निर्वाचित भएका छन् । नेपाल राष्ट्र बैंकको१०%र बैंक तथावित्तीय संस्थाहरुको ९०%स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फ बाट तीनजना, विकास बैंककातर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल६ जना प्रतिनिधी रहेका छन् ।
कम्पनीले NCHL-ECC, NCHL-IPS र IPS प्रणालीहरु मार्फत आ.व. २०७६÷७७माकुल ९७खर्ब बराबरको २.०६ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो । हाल ६३ सदस्य बैंक तथावित्तीय संस्थाहरुका ५,८०० शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ५८ गैर–बैंकिङ संस्थाहरु यसमा आवद्ध छन् ।
थपजानकारीका लागि www.nchl.com.np मा हेर्नुहोला ।

