लकडाउनको समयमा बैंक र वित्तीय संस्थाले ग्राहकबाट अतिरक्ति शुल्क लिन नपाउने-राष्ट्र बैंक

४ जेठ , नेपाल राष्ट्र बैंकले कोरोना महामारीको समयमा गरिएको लकडाउनको समयमा ग्राहकहरुबाट अतिरक्ति शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।
लकडाउन भएको एक महिना सम्म कुनै पनि संस्थाले असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने समेत व्यवस्था राष्ट्र बैकले गर्दैछ । यश अवस्थामा स्वास्थ्य सम्बिन्धत सञ्चालन भएका संस्थाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकले जनाएको छ ।

