कोरोनामा नबिल बैंकको ‘नबिल आईकार्ड’ सुबिधा

काठमाडौं । कोभिड–१९ महामारी लाई मध्यनजर गर्दै नबिल बैंकले आफ्नो वेबसाइटमार्फत ‘नबिल आईकार्ड’को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । नबिल बैंकमा खाता भएका ग्राहकले आफै बैंकको वेबसाइटमा ‘नबिल आईकार्ड’ सेक्सनमा https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard गएर ‘एप्लाई नाउ’ विकल्प छानि नबिल आईकार्ड का लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।

