काठमाडौं- सुनको मूल्य तोलाको लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) एक लाख एक हजार ४०० रुपैयाँ तोकिएको छ।

हिजो यसको मूल्य ९९ हजार आठ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य एक लाख ९०० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने एक हजार २९५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।