सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक, तोलाको ९२ हजार ४००

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला ९०० रुपैयाँ बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। गत बुधबार (हिजो) यसको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम थियो।
सुनको मूल्य मंगलबारयता निरन्तर उकालो लागेको छ। गत सोमबार ९० हजार २०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ९० हजार ९०० रुपैयाँ तोकिएको थियो।
यसअघि यही असार १७ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो। उक्त दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको थियो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ। यसअघि हिजो यसको मूल्य ९१ हजार ६० रुपैयाँ तोकिएको थियो। चाँदीको मूल्य पनि अहिलेसम्मकै सर्वाधिक प्रतितोला ९८० रुपैयाँ निर्धारण गरिएको छ।

