सेलपेबाट भुक्तानी गरे १० थान मास्क निशुल्क पाईने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले सस्तोडिलसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत सस्तोडिल बाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निस्शुल्क पाउनेछन् ।
कोरोना भाईरस (कोविड १९) को संक्रमण संग लड्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी सस्तोडिलले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ । भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तोडिल बाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।

