शोभा पाठक र महेश बस्नेतकी श्रमतीबीच माइतिघरमा यस कारण भिडन्त

काठमाडौं । एमाले सचिव महेश बस्नेतविरुद्ध लगातार आन्दाेलन गरिरहेकी महिला शाेभा पाठक र बस्नेता श्रीमती अम्बिका बस्नेतबीच भिडन्त परेको छ । भिडन्त छुट्याएर प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ । शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका दलबलसहित आएर उनीहरूमाथि झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि दुईजनाबीच घम्साघम्सी चलेको थियो । प्रहरीले आएर उनीहरूलाई छुट्यायो र अम्बिका लगायतका महिलालाई लिएर हिँड्यो । घटनाको थप विवरण आउन बाँकी छ । शोभा पाठक केही दिनअघि महेश बस्नेतलाई कारबाही हुनुपर्ने भन्दै अनशन बसेकी थिइन् । तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए । सुधनले पदबाट राजीनामा दिएसँगै शोभाले पनि अनशन तोडिन् ।

