यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

