नेपालमा पहिलो पटक डिजे भिडन्त

नेपालमा व्यवसायिक डिजेइङ फस्टाउँदैछ । केही समयअघि रात्री पार्टीहरुमा मात्र सीमित डिजेहरु अहिले सडक महोत्सवदेखि बिहे कार्जेसम्ममा गुञ्जन थालेका छन् । उनीहरुको ननस्टप म्युजिकमा नाच्नेहरुको जमात पनि बढ्दो छ ।
यसैबीच नेपालमा पहिलो पटक डिजेहरुबीच भिडन्त हुँदैछ । शनिबार काठमाडौंमा हुने भिडन्तमा नेपालका पाँच डिजेलाई भारतका पाँच डिजेले चुनौती दिनेछन् । उनीहरुमध्ये जसले बाजी मार्नेछ, उसले लाखौं बराबरको पुरस्कार पाउनेछन् ।
कार्यक्रममा डिजेइङ त हुन्छ नै, त्यसका अतिरिक्त मनोरञ्जनका थप डोज पनि । जस्तो कि कार्यक्रमको ‘शोभा’ बढाउन बलिउडकर्मी निल नितिन मुकेश उपस्थित हुनेछन् । प्लेयर, गोलमाल अगेन, प्रेम रतन धन पायो जस्ता फिल्म हेरेकाहरुले निल नितिनलाई चिन्छन् नै ।
गायक लाउरे र जिे सस्पोइजन, डिजे राजु, डिजे रविशले निर्णयकको भूमिका खेल्नेछन् । ‘श्रोताहरुले औधी रुचाएका पायोनियर डिजेकोतर्फबाट ७५ हजार बरारबको डिजे उपकरण उपलब्ध गराइनेछ’ कार्यक्रम संयोजन गरिरहेको इभेन्ट नेपालका इभेन्ट म्यानेजर हीरामणी तिमिल्सनाले भने, ‘कार्यक्रम पूर्ण प्लेयर बेस्ड गराइनेछ ।’
क्रिएटोएटुजेटले मेलोमेसो मिलाएको कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्नेछिन् । उनलाई संजय गुप्ताले सघाउनेछ । कार्यक्रम क्लब डेजा भियुमा हुनेछ ।

