कुमारी बैंक र NEXS Nepal बीच नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता

नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र NEXS Nepal Pvt. Ltd. बीच सहकार्य सम्झौता (MoU) सम्पन्न भएको छ।
यो सम्झौता “Electric Mobility Project (e-Mobility Project)” अन्तर्गत भएको हो, जसले नेपालमा विद्युतीय सार्वजनिक यातायात—विशेषगरी विद्युतीय माइक्रो र मिनीबसहरू (e-Micro and e-Minibus)—को स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन सहयोग गर्नेछ।
यस सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सवारी सञ्चालनका लागि विशेष फाइनान्स स्किम र डिजिटल नवप्रवर्तन (digital innovation) लाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
Electric Mobility Project नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका साझेदार संस्थाहरूसँग सहकार्यमा NEXS Nepal Pvt. Ltd. द्वारा कार्यान्वयन भइरहेको संयुक्त पहल हो।
यो परियोजना Swiss Agency for Development and Cooperation (SDC) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यसले करिब ३,५०० विद्युतीय मिनीबस (e-Minibuses) सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
यस कार्यक्रमले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित (green) र दिगो (sustainable) बनाउन योगदान पुर्याउनेछ।
आर्थिक सिमाबद्धतालाई ध्यानमा राखी यसले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधन (electric vehicles) मा रूपान्तरण गर्न लक्ष्य राखेको छ।
कुमारी बैंकले यस अन्तर्गत विशेष financial scheme र initial down payment grant को व्यवस्था गर्नेछ, जसले सवारी खरिदको लागत घटाउने र व्यवसायिक रूपमा सजिलो बनाउनेछ।
२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेड ले देशभर रहेका
३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ युनिट र ३१७ एटीएममार्फत ग्राहकलाई अत्याधुनिक सेवा दिँदै आएको छ।
बैंकले आगामी दिनमा पनि सुलभ, सुरक्षित र स्मार्ट बैंकिङ सेवाका लागि यस्ता सहकार्यहरू निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

