एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई वीरगंजमा रहेको किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा OPD, Diagnostics, Surgery, Branded optical / Non-Branded optical सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

