सडक विभागले आयोजना गर्यो प्रतियोगिता, उत्कृष्टलाई सम्मान

काठमाडौं, २०७८ असोज।
सडक विभाग (DoR) अन्तर्गत कर्मचारीले सहभागिता जनाउने गरी कविता तथा लेख प्रतियोगिता आयोजना गरिएको छ। “सडक सुरक्षा” विषयमा केन्द्रित उक्त प्रतियोगिता २०७८ असोज—२८ गते सम्पन्न भएको हो।
विभागका महानिर्देशकले प्रतियोगितामा उत्कृष्ट ठहरिएका कर्मचारीलाई “श्रेष्ठ लेखन पुरस्कार” र “श्रेष्ठ कविता पुरस्कार” प्रदान गर्दै प्रोत्साहन गरेका छन्।
सडक विभागका अनुसार यो कार्यक्रमले कर्मचारीबीच सिर्जनशीलता प्रवर्द्धन गर्नुका साथै सडक सुरक्षा र सेवासम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान गर्ने विश्वास लिइएको छ।
उक्त प्रतियोगितामा २१ जना कर्मचारीले लेख तथा १८ जनाले कविता प्रस्तुत गरेका थिए।

