स्ववियु चुनावः २१ क्याम्पसमा अखिल क्रान्तिकारीको सर्वसम्मत नेतृत्व

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियूले देशका विभिन्न २१ क्याम्पसमा स्ववियुको सर्वसम्मत नेतृत्व हासिल गरेको छ । संगठनका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार देशभरका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएकोमा २१ वटा क्याम्पसमा सभापति उम्मेदवार निर्विरोध जित हासिल गरेको हो । क्रान्तिकारीले सिन्धुपाल्चोकबाट जितको खाता खोलेको हो । सिन्धुपाल्चोककाे जुगल बहुमुखी क्याम्पस, साँगाचाेकमा सुस्मिता श्रेष्ठमा सर्वसम्मत अध्यक्ष भईन । अहिलेसम्म अखिल (क्रान्तिकारी)का निर्विरोध सभापति 1. जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ 2. सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ -प्रदिप श्रेष्ठ 3. नेत्रावती बहुमुखी क्याम्पस, धादिगं – अभिषेक थपलिया 4. शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम- प्रकाश डाङ्गी 5. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा, बझाङ- बम धामी 6. सिजा बहुमुखी क्याम्पस, जुम्ला – सन्तोष आचार्य 7. राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली 8. गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा 9. शंकरापुर क्याम्पस, दार्चुला – जानकी टमटा 10. श्रिकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ 11. संजिवनी क्याम्पस, काभ्रे -दिपक रानामगर 12. प्रभा बहुमुखी क्याम्पस, काभ्रे- सुजन चौलागाई 13. आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल 14. बनगाढ क्याम्पस, सल्यान – जिवन विष्ट 15. भाषा क्याम्पस, धनकुटा – सरोज थापा 16. सिद्दीपृथ्वी जनता क्याम्पस, दांग – सुदिप चौधरी 17. सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम – दिपेन्द्र ओली 18. सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी 19. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी 20. स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा 21. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली- दुर्गा बहादुर मगर

