काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने बालबालिका प्रधान चलचित्र ‘ऐना भ्mयालको पुतली’को सोमबार बेलुका काठमाडौंमा प्रिमियर सो गरिएको छ । लेखक, साहित्यकार, चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई लक्षित गरेर आपूmहरूले विशेष प्रदर्शनी गरेको यसका निर्माता रामकृष्ण पोखरेलले प्रिमियर सोमा बताए ।

‘नेपालमा बालबालिकाको संवेदना र उनीहरूको कथामा त्यत्ति धेरै चलचित्र निर्माण गरिएको छैन । हामीले यसपटक बालबालिकाको कथा भन्नकै लागि यो चलचित्र निर्माण गरेको हौं ।’ पोखरेलले राजधानीसँग भने ।

सुजित बिडारीको कथा निर्देशनमा तयार भएको यो चलचित्र शंखुवासभाको गाउँमा गएर खिचिएको हो । आपूmले गाउँकै बालबालिकालाई केही समय अभिनयमा प्रशिक्षण गराएर यो चलचित्रमा अभिनय गराएको निर्देशक बिडारीले बताए ।

सोमबार प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले यो चलचित्र हेरेर राम्रो प्रतिक्रिया दिए । एमाले नेता तथा साहित्यकार रघुजी पन्तले यो चलचित्र हेरेपछि आपूmलाई बाल्यकालको झलझली याद आएको बताए । यो चलचित्रले नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ दिएको पनि उनले बताए ।

आपूmले लामो समयपछि नेपाली फिल्म हेर्ने अवसर पाएको गायिका आनी छोइङ डोल्माले बताइन्, ‘यो फिल्मको कथाले मेरो मन छोयो । यो फिल्म सबै स्कुलले आप्mना विद्यार्थीलाई देखाउनुपर्छ ।’

चलचित्र अभिनेता तिर्माता दीपकराज गिरीले यो चलचित्र हरेक अभिभावकले आफ्ना बालबालिकालाई देखाउनुपर्ने बताए । पछिल्लो समय निर्माण भएका यस्ता मौलिक चलचित्रतर्फ आपूm निकै आकर्षित भएको पनि उनले बताए ।

अभिनेत्री केकी अधिकारीले यो चलचित्र हेर्दा आपूmलाई बाल्यकालमा भाइसँग खेलेका, झगडा गरेका तथा त्यति बेलाका विभिन्न गतिविधिको झलझली याद आएको बताइन् । गायक तथा अभिनेता प्रकाश सपूतले चलचित्र ऐना भ्mयालको पुतली आफ्नो बाल्यकालको कथासँग हु–बहु मिलेको बताए, ‘मैले बाल्यकालमा कविता सिर्जना गरेर त्यसलाई काठमाडौंका पत्रिकामा प्रकाशन गर्न जुन संघर्ष गरेको थिएँ । त्यो संघर्षको कथा यो चलचित्र हेरेर मलाई मेरो बाल्यकाल झलझली याद आयो ।’

आख्यानकार नयनराज पाण्डेले फिल्म हेर्दा आपूmले डेढ घण्टा अरू सबै कुरा बिर्सिएको बताए । कहिल्यै फिल्म नेहेरेका तथा क्यामेरा अगाडि देखा नपरेका गाउँका बालबालिकाले यति राम्रो अभिनय गरेको देख्दा आपूm छक्क परेको उनले बताए, ‘कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली सिनेमामा बिरलै देखेको थिएँ । बालबालिकाको अभिनय पनि यति सहज छ कि त्यसले मेरो मन छोयो ।’

चलचित्र निर्देशक तथा पत्रकार दीपेन्द्र लामाले ऐना भ्mयालको पुतली नेपालको उत्कृष्ट बालफिल्म बनेको बताए । आपूmलाई इरानी फिल्म हेरेको जस्तो लागेको अनुभव सुनाउँदै यो विशुद्ध अर्गानिक नेपाली चलचित्र बनेको लामाले जिकिर गरे । यो चलचित्रलाई आकाश पौडेल, प्रवीन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारीले निर्माण गरेका हुन् ।