रक्षामन्त्रीको हेलिकोप्टर मोह : सेनाको हेलिकोप्टर चढेर गाउँतिर
प्रचण्ड सरकारलाई बिबादित र बदनाम गराउन रक्षामन्त्री नै लागेको बुझिएको छ । नायक निखिल उप्रेतीका दाइ तथा रक्षामन्त्री हरिप्रसाद उप्रेती हिरो स्टाएलले नेपाली सेनाको हेलिकोप्टर दुरुपयोग गर्दै आफ्नो गाउँ जानुभएको छ । उहाँ केही बेरअघि काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । रक्षामन्त्रीसँगै प्रधानसेनापति प्रभुराम शर्मालगायत १६ जनाको टोली रहेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । टोली काठमाडौं–निजगढ फास्ट ट्र्याकको निरीक्षण गर्न गएको सैनिक स्रोतको दाबी छ ।