सलमान तनावमा, बहुप्रतिक्षित फिल्म राधे भयो चोरी

सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्राधे–योर मोस्ट वांटेड भाई रिलीज भएको केही मिनेटमै सामाजिक सञ्जाल मार्फत लिक भएको छ । यसलाई धेरै मानिसहरुले डाउनलोड समेत गरेका छन् ।
डाउनलोड गरिएको फिल्मलाई एक अर्कामा शेयर समेत गरेका छन् । यो फिल्म रिलीज हुनु भन्दा पहिला सलमान खानले आफ्ना फ्यानहरुलाई पाईरेसी रोक्ने र फिल्मलाई आधिकारीक प्लेटफार्ममा देखाउने बाधा गरेका थिए ।

