काठमाडौँ , जेठ २- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ ।  आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।