कर्णाली र पर्यटन

अनुपम प्राकृतिक सांस्कृतिक तथा सम्पदाको धनी राष्ट्र नेपाल पर्यटन सम्पदाको दृष्टिले विश्वमा अग्रणी मुलुकहरूमा पर्छ। विभित्र जातजाति, धर्म, भाषा, साहित्य, कला संस्कृति रहनसहनकोे सङ्गमस्थल नेपाल कला, संस्कृति एवम् धार्मिक सद्भावका लागि एक उदाहरणीय राष्ट्र मानिन्छ। नेपाल भित्र कर्णालीले अझ छुट्टै विशेषता बोकेको छ ,यहाका हरियाली पाखा, पखेरा,डाडा तथा चुली चुचुराहरुले यसको स्वभा बढाइरहेका छन । उचित ब्यबस्थापन तथा बजारीकरण गर्नसके यार्सागुम्बा ,पाँचऔले,टिमुर,समयो लगायतका जडिबुटीले कर्णालीको आर्थिक वृद्धिमा निकै भुमिका खेल्ने निश्चित छ । पर्यकिय दृस्ठिकोणले पर्यटकहरूको मन लोभ्याउने यहाका सस्कार सस्कृती , ताल ,तलैया ,गल्छी, छागा छहराले पर्यटन ब्यवसायको लागि पनि निकै सम्भावना रहेको छ ।बिश्वकै पृथक विशेषता बोकेको रारा ताल पनि यहि क्षेत्रमा पर्दछ र यसले अझ यो क्षेत्रको स्वभा बढाइदियको छ।

