एनएमबिको २५औँ वार्षिक साधारणसभा सम्पन्न ,अधिकृत पुँजी १६ अर्ब बाट बढाएर २० अर्ब पुर्याउने
काठमाडौं । एनएमबि बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।बैंकका सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न सभाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२ प्रतिशत नगद लाभांश पारित गरेको छ ।साधारणसभा भर्चुअलमाध्यमबाट सम्पन्न भएको थियो ।सभाले बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब पुर्याउने प्रस्ताव पनि पारित गरेको छ ।