सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

यससंगै खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग भुक्तनी गर्न सक्नेछन ।करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित)मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।