कामना सेवा विकास बैंकको लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

गायक गन्धर्ब ६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेर देखि नै सारङ्गी बजाउदै आफ्नो सुरिलो स्वरले गाउदै धेरै श्रोताको मन जित्न सफल भएका थिए । २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिंकीबुङको राँगोलाई बोलको गीत रेर्कड भएको थियो ।
“रिंकीबुङको राँगोलाई…..चुङकेबुङको चुलेसीले” गीतका चर्चीत गायक सुरेश गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट पिडित रहेका छन् । सहयोग स्वरुपको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका हुन् ।
सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरि संकलन गरी प्रदान गरिएको बैंकका प्रदेश नं. १ प्रमुख छाराहाङले जानकारी दिए ।

