महालक्ष्मी विकास बैंकको भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

महालक्ष्मी विकास बैंक लि. ले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस कार्ड Near Field Communication (NFC) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले POS Terminal बाट रकम भुक्तानी गर्न सकिन्छ ।महालक्ष्मी विकास बैंक लि. भिसा कन्ट्याक्टलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको बैंकले जनाएको छ ।

