लक्ष्मी बैंक एडीबीद्वारा ‘नेपालको अग्रणी साझेदार बैंक’को रुपमा सम्मानित

काठमाडौँ । लक्ष्मी बैंकले एसियाली विकास बैंक(एडीबी)को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि ‘नेपालको अग्रणी साझेदार बैंक’को रुपमा सम्मान प्राप्त गरेको छ ।
२०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेबापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु रहेको छ ।

