ललितपुरका प्रमुख जिल्लाअधिकारी नारायणप्रसाद भट्टले उपत्यकामा दुई साता देखि जारी निषेधाज्ञा २४ भदौ राती १२बजेसम्मका लागि लम्व्याउने निर्णय भएको बताए । उनले थपिएको निषेधाज्ञाका मापदण्डहरु खासै परिवर्तन नभएको समेत स्पष्ट पारे ।
उनले यो बीचमा बन्द भएका राष्टिय महत्वका आयोजनाहरुमा भने स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खोल्न मिल्ने निर्णय गरेको जानकारी दिए ।यता निषेधाज्ञा लम्बिदा दैैनिक ज्यालादारी गर्ने मजदुरको जिबिका जिउन हम्मेहम्मे परेको सरोकारवाला निकायले जनाएका छन । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपत्यकास्थित १८ वटै नगरपालिकाका प्रमुखहरुले संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै जारी निषेधाज्ञालाई निरन्तरता दिन र अझ कडाई गर्न स्थानीय प्रशासनलाई सुझाव दिएका थिए ।
काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिदै थियो ।




