अग्निज्वाला सम्वाददाता

मान ब बिश्वकर्मा

प्रकाशित मिति:२०७७ जेष्ठ २६ सोमबार

कालिकोट । विश्व दलितका विज्ञ भनेर चिनिएका डा. अम्बेडकरको डकुमेन्टको १९२७ ‘सिमोन कमिसन रिपोटमा’ पनि यति उल्लेख गरिएको छैन, भनिएको छ शूद्रबाट दलित जातको सुरुवात भएको र समाजबाट नै एउटा वर्गले अर्को वर्गलाई हेपीचेपी र आफ्नै स्वार्थको लागि सीपको आधारमा वर्ग छुट्याइए, पछि गएर जाति विभाजन भई अछूत मानी दलित वर्गीकृत गरिएको हो, भन्ने मात्र उल्लेख छ ।
मल्लहरूको इतिहासमा पनि जयपृथ्वीबहादुर मल्लको पालामा उनले सीपको आधारमा वर्ग विभाजन गरे । पछि समाजको विकसित रूपमा जात विभाजन भई दलित छुट्याएको भन्ने एक सय ६४ वर्ष पुरानो ताम्रापत्रमा उल्लेख गरेको पाइन्छ ।

राणाहरूको पालामा पनि जंगबहादुर राणाले १९१० मा राजपरिवारको लागि स्कुलको स्थापना गरे । तर दलितलाई शिक्षा दिनबाट वञ्चित गराएकै कारण झनै विभेद पा¥यो भन्ने छ । त्यसैलाई निरन्तरता दिएको र खासै जातिको आधारमा भन्दा पनि बाईसे चौबीसेलाई एकीकरण गर्ने बेलामा दलित भनि चिनिएकाहरूबाट भएको सीपको प्रयोग गरी उनीहरूलाई मानव ढालको रूपमा प्रयोग गरेको पाइन्छ ।

जंगबहादुरको पत्थरघट्टाको लडाइँमा निधनपछि लेखिएको पौराणिक लेखमा उल्लेख गरिएको छ भने अर्कोतिर उनले त्यसबेला भनेका थिए रे ! मानव समाजमा सीप, कला र मौलिक ज्ञानले भरिपूर्ण यो समाजलाई माथि उठाउने केही गर्नुपर्नेमा जोड दिएका थिए रे (? ) तर व्यावहारमा भन्ने सिन्को भाँच्ने काम गरेनन् उनले केवल प्रयोगमात्र गरे ।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पनि जुन वर्गलाई शिक्षा, धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिकरूपमा खासै स्थान र मौका नदिएको र केवल दलितलाई क्विनको रूपमा मात्र प्रयोग गरियो ।

हाल आएर त्यो दलित वर्गमा स्थापित भयो भनेर परिभाषित गरेका छन् । हाल सरकारले पनि दलितको वास्तविक परिभाषा दिएको पाइँदैन । छुवाछूतबाट मुक्त भएको कागजी पानामा लेखेको छ ।
कानुनी कारबाही पनि खासै गरेको छैन । भोट माग्ने बेलामा मात्र छुवाछूतका नारामा सीमित भई उनीहरूबाट फाइदा लिने काम मात्र गरिरहेका छन् नेताहरूले । अन्य विद्वानहरूले पनि दलित के हो भन्नेबारेमा खासै तथ्यपरक विश्लेषण गरेको पाइँदैन । केवल सबैको मुखबाट सुन्ने गरिन्छ । यो तल्लो र अछूत जात हो भनेर । उनीहरूबाट पानी चल्दैन भन्ने बुझाइमात्र छ ।

माथिका यी अध्ययनबाट मैले पनि दलित के हो र के होइन ? भन्ने बारेमा तीन सय जनामा ३३ वटा प्रश्न बनाई अध्ययन गरेको थिएँ । उनीहरूको निष्कर्ष यस्तो देखियो । दलित नै छुवाछूत हो भन्नेमा २१ प्रतिशत । शब्द दलित होइन आचरण दलित हो भन्नेमा ५५ प्रतिशत । मानव सबै एकै हुन् यो केवल कसैको फाइदाको लागिमात्र हो भन्नेमा ७१ प्रतिशत ।


यो हिन्दु धर्मले उपज हो भन्नेमा ११ प्रतिशत । कामको आधारमा जात छुट्याएको हो भन्नेमा १९ प्रतिशत । समाजले हेर्ने दृष्टिकोणमा ९१ प्रतिशत । दलित भनिने जाति माथि नउठेको हुनाले भन्नेमा ४४.५ प्रतिशत । अशिक्षित समाजको कारणले जातीयविभेद भएको हो भन्नेमा ५७ प्रतिशत पाएँ ।
यी बुझाइबाट प्रष्ट हुन्छ कि समाज आजसम्म खासै रूपान्तरित भएको छैन । जस्ले जे बुझेका छन् त्यसैमा उनीहरू रहेका छन् । मेरो बुझाइमा दलित शब्द आफैंमा दलित होइन । कुनै पनि जात दलित हुँदैन । यो केवल वर्गगत रूपमा बोलिने शब्द हो । हामी दलित शब्द कसैका लागि पेवा होइन । यो एक प्रकारले जस्ले निजी काम गर्छ त्यो कामका लागि प्रयोग हुने हो ।

यो जातको शब्द भिकारी होइन कि कलाकैशलले भरिपूर्ण छ । मौलिक ज्ञानको खानी हो, जस्ले नेपालको पहिचान दिएको छ भन्ने हो । दलित जात होइन सीप हो, गरिबी होइन कि कर्ममा विश्वास गर्ने एक मेहनती मानव हो । परि श्रममा रमाउने र रगत पसिनासँग खेल्ने एक वर्ग वा समाज हो दलित ।

जात के हो ? थर के हो ?

नेपालमा कसरी रहन गयो #जात भनेको के हो ? हिन्दु वर्णाश्रमका आधारमा सानो–ठूलो, तल्लो र उपल्लो भनेर छुट्ट्याइने समूहलाई जात भनिन्छ । हिन्दू वर्ण व्यवस्थाअनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी ४ वर्ण र त्यस अन्तर्गत विभिन्न जात पर्दछन् । उदाहरणका लागि कोइराला, खनाल, दाहाल, शर्मा, पौडेल, कामी, दमाई र सार्की आदि जात हुन् तर जाति होइनन् ।

जात भनेको के हो ?

जात सब्द “संस्कृत” को “जातः” बाट आएको हो । जातः को अर्थ हुन्छ “जन्मिने” या जन्म लिने । मान्छे, जनावर, किरा-फतेंग्र जुन योनि मा जन्म लिन्छन त्यसैलाई “जीव” को सरिर धारण गर्ने “जातः(जाती) भनिन्छ । योनिको २ अर्थ हुन्छ १ । महिला को प्रजनन अंग र २ । जीव ले धारण गर्ने सरिर । जातले मानव को लागि मात्र होइन त्यो सबै जीव-जन्तुको रुप लाई दर्शाउने सब्द हो । मान्छे जुन योनि(सरिर) मा जन्म लिन्छ त्यहि रुप लाई जातः=जात भनिन्छ । जाती कति वटा हुन्छन् ? जाती मात्र ४ वटा छन् । बुझ्ने कोसीस गर्नुहोला हिमवतखणड, श्रीमदभागवत, स्कंदपुराण,,, मा चारजात प्रष्टसँग छुट्ईयको छ। जस्तै -: १.जरायुज =जराबाट ऊम्रियका बोटबिरूवाहरु । २.स्वईदज =पसीनाबाट ऊत्पतीहुने ऊडुस उपीयाँ आदी । ३.अण्डज =फुल(अण्डा) बाट जन्मियका पंछीहरू किरा आदि । ४.यौनिक =योनिबाट मैथुन(सेक्स्) गरि जन्मेका जिबजन्तु र मानिस, घोडा, गधा, हात्ती, आदि आदि ।

जाति भने को यहि हो । यो ४ बाहेक अरु कुनै जाति हुन्दैन । सास्त्र(धर्म ग्रन्थ हरु) अनुसार मानव को कुनै जाति छैन । सबै मानव एउटै जाति “मानव जाति” का हुन् । आत्मा लाई सरिर धारण गर्नको लागि यहि ४ वटा माध्यम चाहिंन छ । आत्मा त्यो जीव हो जुन अमर छ । आत्मा न महिला हुन्छ, न पुरुष ,न नपुंसक । आत्माले जुन सरिर धारण गर्छ त्यहि अनुसार आफ्नो पहिचान ग्रहण गर्छ । आत्मा यदि पुरुषको सरिर पायो भने त्यो पुरुष हुन्छ । यदि स्त्रीको सरिरमा गयो भने त्यो स्त्री हुन्छ । यदि नपुंसकको सरिरमा गयो भने त्यो नपुंसक हुन्छ । त्यस्तै आत्मा यदि हात्ती, कुकुर, रुख, बिरुवा, किरा, कमिलाको सरिर धारण गर्छ भने त्यो त्यहि पहिचानको साथमा जन्म लिन्छ । यहि सबैकाे जातकाे कारण हुन्छ । मानव लाई इश्वोर ले सबै भन्दा धेरै महत्व दिएको छ । र मानव लाई इश्वोरले एउटा यस्तो महत्व पूर्ण कुरा दिएको छ जसले गर्दा मानव सबै सरिर धारी जीवहरुमा सबै भन्दा उत्तम छ । त्यो महत्वपूर्ण कुरा हो “बुद्धि” । हाम्रो यहि बुद्धि ले हामीलाई सबै जीवहरु भन्दा भिन्न र महत्व पूर्ण बनाउन छ । हामी मा सोच्ने, सम्झिने, विचार गर्ने र त्यो विचार सहि हो कि गलत त्यसलाई तथ्य पूर्ण तरिका ले बुझी ब्यबहारमा धारण गरेर उत्तम उत्तम कार्य हरु गर्ने छमता मात्र हामी मानवहरुमा छ । त्यसै ले सबै मानव लाई “वेद” ले भन्छ:-

[मनुरभव:]
अर्थात् :- मानव बन्नु । जनावरको मासु खाएर जनावर न बन्नु । अहंगकर, क्रोध गरेर कहिले दानव न बन्नु । धर्म त्यागेर अधर्म लाई धारण गरेर कहिले मलेक्ष्य( निच, घटिया, अन्धबिस्वस्सी. अन्यायी, दुराचारी मान्छे) न बन्नु । यो सानो-ठुलो, दलित, बाहुन, मगर, नेवार यो सब जात होइन । यो सब सासन गर्ने, हुने खानेहरुले आफ्नो फाइदाको लागि बनाएको मुर्खता पूर्ण व्यवस्था मात्र हो । धर्म सस्त्र हरु मा यस्तो कुरा लाई जात कहिँ भनिए को छैन । जात जस्तो पवित्र प्रक्रिया लाई यस्तो ध्रिनात्मक कुरासंग जोडेर मानव-मानव मा भेद गराउने मानवहरु नर्क तुल्य छन् ।

मित्र हामीले कर्मको आधारमा बनाइएको वर्ण व्यवस्था लाई न बुझेर त्यसलाई जन्मको आधारसंग जोडी दिएका छौ । त्यसैले आज हाम्रो अबुझ र ज्ञान हिन, अरुको कुरा मा लाग्ने, आफै कहिले पत्ता लगाउने प्रयाश नगर्ने बानिले गर्दा हामीले घरमा कुकुर पल्छाै तर मानव लाई जात-पातको भेद-भाबले गर्दा घर बाहिर फल्चौ । हाम्रो यस्तो कार्यले गर्दा हामी आज जनावर भन्दा पनि निच भएका छौ । हिन्दु धर्मको कुनै पनि सास्त्र उठाएर हेर्नुस कहिँ पनि भेद-भाब, उच-निच जस्ता कुराहरु भेट्नु हुन्न । भगवान श्री रामचन्द्रले सब्रीको जुठो बैर खाएर मानव लाई यो सिक्क्षा दिएको थिए कि “हेर जब मैले मानव-मानव मा भेद गर्दै न भने तिमिहरुले कसरि गर्न सक्छौ” । श्री कृष्ण ले गितामा भनेका छन् कि ” जुन हावा पानि हामी सबैले ग्रहण गेर्छाै जब त्यो हावा पनिमा भेद भाब छैन भने मानवमा कसरि भेद भाब हुन सक्छ” ।

हिन्दू वर्णव्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह नै जात हो। सुरुमा चार वर्ण ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र भनेको पेशागत क्षेत्रको मानव समुह र तहगत व्यवस्था थियो। राजा पृथ्वीनारायण शाहद्वारा गोरखा राज्यको विस्तार गरी आजको नेपालमा हिन्दू उच्च जातीय पहाडिया आर्य–खस अहङ्कारवादमा आधारित राज्य सत्ता सञ्चालन गर्न सुरु गरी पञ्चायतकालसम्म आउँदा जसरी शिक्षा, संस्कृति, कानुन, राजनीति र अर्थतन्त्रमा एक छत्र पहाडिया हिन्दू उच्च जातीय दृष्टिकोण र मूल्य मान्यता लादियो, त्यसबाट कस्तो भ्रम जन्मिन पुग्यो भने पहाडिया हिन्दू उच्च जातको मात्रै व्यवस्थित गोत्र हुन्छ, उनीहरूको मात्रै सम्मानित थर हुन्छ, उनीहरूको मात्रै सम्मानित वंश परम्परा हुन्छ आदि–आदि।
त्यसमा क्रमशः पेशा थपिदै गए र त्यही अनुसार पेशाकै आधारमा जातको नाम र त्यसको तह निर्धारण गर्दै लगियो। ब्राह्मण र क्षेत्रीय जुन मूल शासक हुन्, उनीहरूको पेशा र तह स्थिर राखियो अर्थात ज्ञान र सत्ताको पेशा। त्यसबाहेक वैश्य र शूद्रहरूको पेशागत क्षेत्रहरू बढ्दै गए। श्रम क्षेत्र बढ्दै जाँदा वैश्य अन्र्तगत र शूद्र अन्तरगत आवश्यकता अनुसार जात र तह पनि बढाउँदै लगियो। ब्राह्मणभित्र उपाध्याय, जैशी, पूर्वीया, कुमाई जस्ता केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्।

त्यसैगरी क्षेत्रीमा पनि झर्रो, घर्ती केही भेद भए पनि धेरै तहगत जात हुँदैनन्। त्यसको एउटै कारण हो कि उनीहरूको ज्ञान र शासनको मूल श्रम क्षेत्र कायम राखियो। वैश्य र शूद्रभित्र मात्रै तहगत आशयका जात किन बनाइयो भन्दा उनीहरूबाट नै सबैथरी श्रमको काम गराइयो।कारण यही नै हो। जात अर्थात् श्रम क्षेत्र वा पेशा। यस प्रकार जातको नाम पनि श्रम वा स्थान विशेषसँग सम्बन्धित हुने गरेका छन् र अहिले पनि प्रचलित जातको नामको चरित्र त्यस्तै कायम नै छ। जस्तै, कर्मीबाट कामी, दमाह बजाउने दमाहीबाट दमाई, जुम्लाको –कतिपयका भनाइमा हुम्ला) सराक भन्ने स्थानबाट फैलिएका सराकीबाट सार्की, वाद्य अर्थात बाजाको काम गर्ने वाद्येयीबाट बादी, गाउनेबाट गाइने, द्य (देउता) को मन्दिर सफा गर्ने, रखवारी गर्ने द्यला; चर्म अर्थात् छालाको काम गर्ने चमार आदि आदि।

थर के हो ?

थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो। वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ। नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्दछन्। नेपालका हिन्दूहरूमा सामान्यतया कूलको अर्थ बोकेका एउटै थरकाबीच विवाह हुँदैन। नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ।

हिमाली भोटे जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर अहिले नामसँगै थर भन्ने अरुसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन्। जनजातिमा र मुस्लिम समुदायमा पनि थरले महत्वपूर्ण स्थान ओगटेकै छ। त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरक फरक हुन्छन् भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ।

थरहरू यसप्रकारले निम्नानुसार बनेका छन्ः

क) उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल।

ख) पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की।

ग) पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य।

घ) पद्वीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा। ङ) सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला।

च) जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थरको रूपमा प्रयोग यसभित्र पर्छन्

छ) राष्द्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली।

ज) आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा। झ) ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा।

नेपालका आर्य–खस, मधेसी र नेवारभित्रका दलितहरूको थर निर्माणको प्रक्रिया र विद्यमान थरहरू पनि अन्य सबै जाति समुदायको जस्तै नै हो। यी तिनै जातिसमुदायभित्रका दलितको थुप्रै थरहरू र ती जाति समुदायभित्रका गैरदलितको थुप्रै थरहरू मिल्छन होइन बरु एउटै हुन्। त्यसैगरी प्रत्येक जातिजातसमुदायमा मात्र पाइने थर भए जस्तै दलितभित्रका विभिन्न जातहरूमा मात्र पाइने थर पनि छन्।दलितहरूका थर र गैरदलितका थर मिल्नुका तीन वटा कारण छन्। एक, उद्गम स्थल एउटै भएकोले। जस्तै, पौडी क्षेत्रबाट हिडेका हुनाले ब्राह्मण पनि पौडेल र दलित पनि पौडेल भनी चिनियो। दुई, पद्वीसँग मिल्न गएकाले। जस्तै, मण्डल, मिझार जस्ता पद दलित, जनजाति र मधेसका वैश्य अन्तरगतका कतिपय जातको मुखियालाई दिइन्थ्यो। त्यही पद्वी दलित, गैरदलितले थर बनाउँदा मिल्न गयो। र तीन, गैरदलित पुरुषलाई जात झारेर सजाय दिँदा थर चाँहि कथित माथिल्लो जातकै बाँकी रहन पुग्यो।