कोपिलाले सुर्खेत दैलेख कालिकोट र रुकुम पश्चिममा राहत सामाग्री पठायो

अग्निज्वाला सम्वाददाता
कालिकोट । कर्णालीमा कोरोना भाइरस तिब्र गतिमा फैलिरहेका बेला सहयोगी हातहरु अगाडि बढाउदै आइरहेको अमेरिकि नागरिक म्यागि डोयनको संस्था बिलिंकनाव संस्थाले सुर्खेतमा रहेको कोपिला भ्यालि सेवा समाज बाट आजपनि राहात सामाग्री हस्तान्तरण गरेको छ ।कोपिला भ्यालिले कर्णाली प्रदेशको रुकुम पश्चिममा १ हजार ७ सय ५४ जना नागरिक हरुका लागि राहत सामाग्री पठायको समाजका अध्यक्ष टोपबहादुर मल्लले जानकारी दिनुभयो ।
हामिले प्रदेश सरकार संगको समन्वय एवम सहकार्यमा कर्णालि प्रदशका १० वटै जिल्लामा रहेका नागरिकहरु का लागि खाद्य तथा स्वास्थ्य सामाग्री पठाइरहेका छौ । तेस्तै यशअघि प्रदेशका सुर्खेत, दैलेख र कालिकोटका स्थानीय तह हरुमा खाद्य तथा स्वास्थ्य सामाग्री पठाइसकेको र बाकि जिल्लाका स्थानिय तहहरुमा राहत सामाग्री जाने तयारिमा रहेको समाजका सचिव गोगन बहादुर मल्ल (युनाइटेड) ले जानकारी दिनुभयो । यो कार्यमा सहयोग गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछौ अध्यक्ष मल्ल ।

