प्रचण्ड र ओलिको आदेश : मधेशमा एमाले र नेकपाका मन्त्रीले राजीनामा दिने

जनकपुरधाम ।यतिबेला नेपाली राजनीतिमा कर्नरमा रहेका दुई पात्र प्रचण्ड र ओलिको आदेशमा मधेस सरकार धरापमा पर्ने भएको छ। दुई नेताको आदेशले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नेकपा एमाले र नेकपा जुटेका छन् ।स्रोतका अनुसार दुवै दलबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा दिएर समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।
एमाले र नेकपाले समर्थन फिर्ता लिए मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अप्ठ्यारोमा पर्ने देखिएको छ ।

