नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठ निलम्बनमा परेका छन् । नेपाल राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समितिले डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथी छानबिन गर्न ३ सदस्यीय समिति समेत गठन गरीसकेको छ । सञ्चालक समितिको बैठकले सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण सदस्य रहेको छानबिन समिति गठन गरेको हो । छानविन समिति गठन गरेपछि श्रेष्ठ स्वतः निलम्बनमा परेका हुन् । मन्त्रिपरिषदले श्रेष्ठले वित्तिय स्थायीत्व र संस्थागत सुशासन लगायतका विषयमा गम्भिर त्रुटी गरेको भन्दै छानविन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । स्रोतका अनुसार पौडेल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनका आधारमा श्रेष्ठमाथीको कारवाहीबारे निर्णय हुनेछ । श्रेष्ठलाई बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सहयोग गरेको, जातीय हितमा मात्र लागेको, एनसेलको लाभांश फुकुवा र व्यवसायी अजेयराज सुमार्गीलाई रकम फुकुवा गर्न सघाएकोे सरकारको आरोप छ ।