कार्यकर्ता भेला पारेर ओलिले सरकारलाई थर्काए ,कार्यकर्ता बाेल्न नपाउँने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी राष्ट्रिय भेला आज समापन गरिने भएको छ । माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलामा आज वरिष्ठ नेता विद्यादेवी भण्डारीले सम्बाेधन गर्ने तालिका छ । भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले पनि आज सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाका सन्दर्भमा प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका छ । त्यसपछि राष्ट्रिय भेलाको समापन हुने र अपराह्न ३स्०० बजे सोही स्थानमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको छ । बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव तथा पार्टीको आगामी सांगठनिक र राजनीतिक योजनाहरूका विषयमा छलफल हुने जनाइएको छ । सुझाव दिन तल्लाे तहका नेता कार्यकर्ताले बाेल्न भने नपाउने भएका छन् । उनीहरुलाई लिखित सुझाव दिन भनिएकाे छ ।

