यस वर्ष निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा धेरै कर तिरेको छ ।
बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधितर्फ तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन् । यसैगरी, प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद एक्सेप्सनल बिजनेस विधातर्फ भाटभटेनी सुपरमार्केट उत्कृष्ट करदाताको सूचीमा परेको छ । भाटभटेनीको तर्फबाट सावित्री गुरुङले उक्त सम्मान तथा प्रमाणपत्र ग्रहण गरेकी छन् ।
उत्कृष्ट घोषित करदाता तथा कम्पनीका प्रतिनिधिहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय तथा विभागका अधिकारीहरूले प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
यी हुन् यो वर्षका २० उत्कृष्ट करदाता :
१. निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला : सूर्य नेपाल
२. एकलौटी व्यवसायतर्फ : थर्ड आई इन्टरनेशनल
३. वस्तु निर्यातको कारोबारमध्ये : डाबर नेपाल प्रालि
४. सूचना प्रविधितर्फ : तिन फाइनाइट सर्भिसेस नेपाल
५. कृषि एवं व्यवसायतर्फ : ओसीबी फुड्स एण्ड फिड्स
६. बैंकिङ क्षेत्रमा : नबिल बैंक
७. स्वास्थ्य तथा शैक्षिक संस्था : नोबेल कलेज तथा टिचिङ हस्पिटल
८. पर्यटन व्यवसायमध्ये : सोल्टी होटल लिमिटेड
९. वस्तु व्यापारको कारोबार : सीजी इम्पेक्स प्रालि
१०. ५०–१०० करोडसम्मको कारोबारमध्ये : फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि
११. ऊर्जामूलक कम्पनीतर्फ : भोटेकोशी पावर प्रालि
१२. रेमिट्यान्स तथा मनि एक्स्चेञ्ज : आईएमई लिमिटेड
१३. व्यक्तिगत आयतर्फ : राजबहादुर शाह
१४. मूल्य अभिवृद्धि करमध्ये सबैभन्दा धेरै : हिमालयन डिस्टिलरी लिमिटेड
१५. ५० करोडसम्म कारोबार गर्नेमध्ये : इम्पेरियल सेक्युरिटिज प्रालि
१६. विशेष उद्योगमध्ये : वरुण वेभरेज नेपाल प्रालि
१७. जीवन बीमातर्फ : लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड
१८. निर्जीवन बीमातर्फ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
१९. लघुवित्तमध्ये : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
२०. प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद धेरै कर तिर्ने एक्सेप्सनल बिजनेस : भाटभटेनी सुपरमार्केट


