आजको एनपीएलमा दुई महत्त्वपूर्ण खेल हुँदै



कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दै छन्।
पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछन्।
दुवै टोली हाल समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्। आज जित्ने टोलीले शीर्ष ४ मा स्थान पक्का गर्नेछ।
यस्तै आज जनकपुर र चितवन प्लेअफ दौडमा रहिरहन खेल जित्नैपर्ने दबाब छन्।
दुई खेल बाँकी रहेको चितवनलाई जितको विकल्प छैन।
उता अन्तिम खेल खेल्न लागेको जनकपुरलाई भने जितसँगै अन्य टोलीको नतिजा पनि अनुकूल हुनुपर्नेछ।
पाँच खेल खेलेका चितवनसँग ५ अंक र जनकपुरसँग ४ अंक छन्।
आज जित्यो भने जनकपुरको ६ हुनेछ। यद्यपि प्लेअफका अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
