घोप्टेभिरमा फेरि पहिरो, बाटाे दुई तर्फी अबरुद्ध

चितवन । पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा गएराति फेरि पहिरो सुख्खा खसेर काठमाडौं जाने आउने बाटो ठप्प छ । सो ठाउँमा हिजो सबेरै खसेको सुख्खा पहिरोले दिउँसो करिब दुई बजेसम्म बाटो अवरूद्ध भएको थियो । सुख्खा पहिरो खसी बाटो अवरोध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले राति सवा ११ बजे तिर पहिरो गएको जानकारी दिए । सुख्खा पहिरो खसेर बाटो दुई तर्फी अबरुद्ध भएको र पहिरो हटाउने कार्य भइरहेको उनले बताएका छन् ।

