काठमाडौं । जो जोगि आएपनी कानै चिरेका भन्ने उखानलाई चरितार्थ गर्दै यतिबेला रास्वपाका सभापति देखि मन्त्रीसम्म राज्यको खर्चमा बिदेश सयर गरेका छन ।यसैबिच जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग भेटवार्ता गर्ने उनका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले बताए । सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउने महर्जनले बताए ।

भ्रमण टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन् । मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।