बहुप्रतिक्षित श्रील्रकाविरुद्धको भिडन्त किन भयो रद्द ?

काठमाडौं । एसियन गेम्समा नेपालको बहुप्रतिक्षित खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंकासँगको क्वार्टरफाइनल खेल मंगलबार वर्षाका कारण हुन नसकेपछि नेपाली क्रिकेट टोली २० औं एसियाली खेलकुदबाट बाहिरिएको छ । जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाको खेल टस पनि हुन नपाई रद्द भएको हो । खेल नभएका खण्ड्मा उच्च वरीयता टोली अघिल्लो चरणमा अगाडि बढ्ने नियमानुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । ट्वान्टी–२० विश्व वरीयतामा श्रीलंका नवौं र नेपाल १४ औं स्थानमा छ । नागोयामा शनिबार देखि नै निरन्तर वर्षा भइरहेको छ । नेपाल र जापान बीच शनिबार भएको समूहचरणको खेल वर्षाले पुरा हुन दिएको थिएन । सोमबार पाकिस्तान र हङकङ तथा भारत र पाकिस्तान बीचको खेल पनि एक बल पनि नफाली रद्द हुन पुगेको थियो । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि जापानसँग समूहचरणको अन्तिम खेल वर्षाले प्रभावित हुन पुगेको थियो । खेल रद्द हुँदा नेपालले भने जितकाे भाेक र सम्भावनाबाट विमुख हुनुपरेकाे छ ।

