चलेन हाल्याण्डको जादु, इङल्याण्ड सेमिफाइनलमा

काठमाडौं । जारी विश्वकप फुटबलमा इङल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ । मायामीमा केहीबेर अघि सम्पन्न नर्वेविरुद्धको खेलमा अतिरिक्त १ सय २० मिनेट खेल्दै २–१ गोलको जितसहित इङल्याण्ड अघिल्लो चरण प्रवेश गरेको हो । इङल्याण्डको जितमा दुबैगोल रियल मड्रिडका स्टार जुड बेलिङघमले गरे । उनले थपिएकाे समयकाे ९३ मिनेटमा गाेलकिपरबाट रिबायण्ड भएर आएकाे बललाई निर्णायक गाेल गरेका हुन् । त्यसअघि निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि जारी खेल अतिरिक्त समयमा धकेलिएको थियाे । पहिलो हाफमा इंग्ल्यान्ड र नर्वेले १-१ गोलको बराबरी खेलेका थिए। तर, दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। अमेरिकाको मियामी स्टेडियममा जारी खेलमा पहिलो गोल खेलको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गरेका थिए। तर, त्यसको ११ मिनेटपछि नै पहिलो हाफको इन्जुरी समयमा जुडे बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका छन्। आजै बिहान पौने सात बजेदेखि सुरु हुने अर्को क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड खेल्दैछन्। नर्वे भने प्रतियोगिताबाट बाहिरिएकाे छ। उसका स्टार आर्लिङ हाल्याण्डले आज खासै आफ्नाे जादु देखाउन नसक्दा उनी अतिरिक्त समयमा सब्सटिच्यूट भएका थिए ।

