जारी विश्वकपमा एम्बाप्पेले आफ्नो गोलसंख्या ८ पुर्याएका छन्, जुन अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग बराबरी हो ।मोरक्कोले खेलभर संघर्ष गरे पनि फ्रान्सको सुदृढ रक्षापंक्तिलाई तोड्न सकेन ।
खेलमा जित निकालेसँगै फ्रान्सले आफ्नो तेस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखेको छ ।
फ्रान्सले यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको थियो भने २०२२ को कतार विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
२०२२ को कतार विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्कोले यसपटक पनि उत्कृष्ट यात्रा तय गर्दै अन्ततः क्वार्टरफाइनलबाट बिदा भयो ।


