विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने मेसी

काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेसी विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनको २ गोलमा अर्जेन्टिनाले डालासमा अस्ट्रियाविरुद्ध सहज जित निकाल्याे । उनले पहिलाे गाेल ३९ औं मिनेटम गरेर अग्रता बनाए । यो गोल उनको विश्वकपमा १७ औं गोल हो र उनले विश्वकपमा यसअघि सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानलाई उछिनेका छन् । खेलकाे अन्तिम इन्जुरी समयकाे ९५ मिनेटमा दाेस्राे गाेल गरे। सुरुवाती ९ मिनेटमा पाएकाे पेनाल्टी भने उनले मिस गरेका थिए। याे जितसंगै अर्जेन्टिना नक आउट चरण प्रवेश गरेकाे छ। पहिलाे खेलमा उसले अल्जेरियालाई ३० गाेलले हराएकाे थियाे।

